शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

‘तुईन’बाट उठेको रकम मुगुकी आङ्ग झरेकी चुक्का नेपालीले पाइन

दैनिक नेपाल २०७५ वैशाख २९ गते १०:३०

विजय थापा

अमेरिका । अमेरिकाको डिसी क्षेत्रमा बसोबास गर्दै आएकी चलचित्र निर्माता सृजना उप्रेतीले ‘तुईन’बाट उठेको रकम मुगुकी आङ्ग झरेकी चुक्का नेपालीलाई आर्थिक सहयोग गरेकी छिन् ।

उनले गत मे महिनाको ९ तारिख अमेरिकाको भर्जिनियाको रेस्टन शहरमा ‘तुईन’ चलचित्र प्रदर्शन गरिएको थियो । दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका थिए ।

उप्रेतीले यस्ता कार्यक्रमबाट उठेका रकम बाट सामाजिक सेवामा गर्दै आएकी छिन् । तुईन चलचित्र अमेरिकाको अन्य शहरमा पनि प्रदर्शन हुने भएको छ । चलचित्रबाट उठेको रकमले सामाजिक सेवामा खर्च गर्न नडराउने उप्रेती बताइन् ।

उनले अमेरिकामा रहेका सबै समुदायलाई चलचित्र प्रदर्शनको लागि आग्रह गर्दै उठेको रकमले असल काम गर्ने ईच्छा रहेको बताइन् ।

फिल्ममा तुइन यात्रामा संघर्ष गर्ने एक युवक सुरज थापालार्इ वास्तविक कथाको काल्पनिक पात्रको रुपमा उभ्याइएको छ ।

प्रतिक्रिया
सम्बन्धित