मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

तुईन चलचित्रबाट उठेको रकम मुगुकी आङ् झरेकी चुक्का नेपालीलाई

दैनिक नेपाल २०७५ वैशाख २९ गते १०:२९
 
विजय थापा

अमेरिका । अमेरिकाको डिसी क्षेत्रमा बसोबास गर्दै आएकी तुईन चलचित्रकि निर्मात्री सृजना उप्रेतीले तुईन बाट उठेको रकम मुगुकी आङ्ग झरेकी चुक्का नेपाली लाई आर्थिक सहयोग गरेकी छिन् ।

उनले गत मे महिनाको ९ तारिख अमेरिकाको भर्जिनियाको रेस्टन शहरमातुईन चलचित्र प्रदर्शन गरिएको थियो । उक्त दिन बुधबार काम को दिन परेता पनि  बिदेशी तथा नेपाली दर्शकलाई आएका थिए । दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका थिए ।

उप्रेतीले यस्ता कार्यक्रमबाट उठेका रकम बाट सामाजिक सेवामा गर्दै आएकी छिन् । तुईन चलचित्र अमेरिकाको अन्य शहरमा पनि प्रदर्शन हुने भएको छ । चलचित्रबाट उठेको रकमले सामाजिक सेवामा खर्च गर्न नडराउने उप्रेती बताइन । उनले अमेरिकामा रहेका सबै समुदायलाई यो चलचित्र प्रदर्शनको लागि आग्रह गर्दै उठेको रकमले केहि असल काम गर्न ईच्छा रहेको बताइन ।

तुईन विश्वकै जोखिमपूर्ण नदी पार गर्ने माध्यम मध्ये एक हो । एउटा डोरीको सहाराबाट नदी पार गर्ने माध्यम तुईन ग्रामिण नेपालका भेगहरुमा यस्को प्रयोग हुने गरेको छ। यस्तै तुईन यात्राको जोखिम, झोलुङ्गे पूल निर्माण सम्बन्धित पक्षको उदासिनता जस्ता विषयहरुलार्इ समेटेर ‘तुईन’ चलचित्रको निर्माण गरिएको हो  ।

उक्त फिल्ममा तुईनयात्रामा संघर्ष गर्ने एक युवक सुरज थापालार्इ वास्तविक कथाको काल्पनिक पात्रको रुपमा उभ्याइएको छ। विद्यार्थीहरु तुईनमा यात्रा गरिरहेका बेला जब तुईन टुटेर झर्छ र बाँचेको एक विद्यार्थीको रुपमा चलचित्रमा राखिएको छ।  चलचित्रको निर्देशन उत्सव थपलियाले गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित