शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

नेपाल आउँदै गरेका मोदीबारे नयाँ तथ्य बाहिरियो

दैनिक नेपाल २०७५ वैशाख २८ गते ७:५२

न्यूयोर्क । शुक्रबारदेखि नेपालको भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका शक्तिशाली मानिसहरूको सूचीमा परेका छन् ।

विश्व प्रख्यात अमेरिकी पत्रिका फोर्ब्सले यो वर्षको विश्वकै शक्तिशाली मानिसको सूचीमा चिनियाँ राष्ट्रपतिलाई राखेको छ । सूचीको पहिलो स्थानमा चिनियाँ राष्ट्रपति सी जीनपिङ परेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दोस्रो स्थानमा धकेल्दै उनी विश्वकै शक्तिशाली व्यक्ति भएकमा हुन् । मोदीको नोटबन्दीको निर्णयलाइ भष्टाचार निर्मुल पार्ने कदमको रुपमा हेर्दै उनलाई विश्वकै नवौं शक्तिशाली व्यक्तिको रुपमा फोर्ब्सले राखेको छ ।

विश्वभरि गरेर साढे ७ अर्ब मानिसको बसोबास रहँदै आएका छन् । योमध्ये ७५ पुरुष र महिला विश्व बदल्न आफ्नो यो्गदान गरेको फोर्ब्सले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने विश्वकै तेस्रो शक्तिशाली व्यक्ति भएका छन् ।

चौथो स्थानम रहेकी एंगेला मर्केल विश्वकै शक्तिशाली महिला भएकि छन् । पाँचौ स्थानमा विश्वकै धनी व्यक्ति जेफ बेजोस रहेका छन् ।

विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिको सूचीमा परेमा मोदीपछिका भारतीय व्यक्ति ३२ औ नम्बरमा परेका छन् । फोर्ब्सको सूचीमा परेका अर्का व्यक्ति मुकेश अम्बानी हुन् । उनको कुल सम्पत्ति ४१.२ अर्ब डलर रहेको छ ।

अम्बानीको २०१६ मा लन्च भएको जियो फोर जी सेवाले देशको दुरसञ्चार बजारमा मूल्यको युद्धनै छेडेको फोर्ब्सले जनाएको छ । माइक्रोसफ्टका सीईओ भारतीय मुलका सत्या नाडेला सूचीको ४० औैं स्थानमा परेका छन् । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित