आइतबार, ४ कार्तिक २०७५
DainikNepal.com
आइतबार, ४ कार्तिक २०७५

पुनम पाण्डेको अर्को तहल्का

दैनिक नेपाल २०७५ वैशाख २० गते १०:३८

मुम्बई । भारतीय मोडल पुनम पाण्डे आफ्नो बोल्डनेसको कारण चर्चामा रहने गरेकी छिन् । आफू चर्चामा आउनका लागि उनी बेलाबेला अनेक काण्ड रच्ने गरेकी छिन् ।

आफ्नो टपलेस तथा सेमी न्युड तस्बिरका कारण बेलाबेलामा चर्चामा आइराख्छिन् । उनको सामाजिक सञ्जालमा त्यस्ता तस्बिरहरु पोष्ट भइरहेका हुन्छन् ।

छिट्टै नै उनको नयाँ चलचित्र आउने भएको छ । चलचित्रको नाम हो ‘द जर्नी अफ कर्मा’ । चलचित्रको टिजरमा एउटा गरिब केटीको कथा भन्छ जसको चाहना भविष्यमा इञ्जिनियर बन्ने हुन्छ ।

उसलाई पढाइ पनि अमेरिकामा गर्न इच्छा हुन्छ । यसमा पुनम पाण्डेको साथमा चर्चित अभिनेत शक्ति कपुर पनि साथमा देखिँदैछन् ।

यो सेक्सुअल थ्रिलर चलचित्र पुनमको पहिलो होइन । यसअघि उनले चलचित्र नशामा काम गरेकी छिन् जसले उनलाई चर्चामा ल्यायो तर चलचित्र पूरै फल्प हुन पुग्यो । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित