मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

आशा र रेडक्रसलाई गुल्मी जिल्ला समाज यूकेको ७ लाख बढि आर्थिक सहयोग

दैनिक नेपाल २०७५ वैशाख १० गते १९:२५

तस्वीर: अनिल खत्री

गुल्मी, १० बैंशाख । गुल्मीका २ संस्थालाई प्रवासी नेपालीले ७ लाख बढी आर्थिक सहयोग गरेका छन् । सोमबार एक कार्यक्रमकाबीच शान्तिपुर गुल्मीममा तम्घासमा रहेर अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको आशा अपाङ्ग केन्द्र र शान्तिपुर रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखालाई गुल्मी जिल्ला समाज यूकेले सहयोग गरेको हो ।

समाजले रेडक्रस सोसाइटी उपशाखालाई रु ४ लाख, आशा अपाङ्ग केन्द्र रु १ लाख सहयोग गरेको हो । गुल्मी जिल्लाका विभिन्न स्थानबाट बेलायतमा रहेका नेपालीहरुले गुल्मी जिल्ला यूके समाज स्थापना गरेर गुल्मीका पत्रकार जनार्दन घिमिरेको पत्नीको उपचारार्थ रु १ लाख, प्रथम नौमती बाजा यूकेबाट आशा अपाङ्ग केन्द्रलाई रु ७० हजार ७ सय ७७ रुपौँया सहयोग गरेका हुन् ।

सहयोग रकम गुल्मी जिल्ला समाज यूकेका संस्थापक एवं सल्लाहाकार बालजंग अर्याल, सदस्य शोभा खरेल, शान्तिपुर गाउँपालिका प्रमुख दोर्ण खत्रीले रेडक्रस उपशाखा सभापति गणेशबहादुर थापा, आशा अपाङ्ग केन्द्र उपाध्यक्ष गंगा रायमाझीलाई चेक हस्तातरण गरे । सोहि कार्यक्रममै समाजका संस्थापक एवं सल्लाहाकार बालजंग अर्यालले आफनो ब्यक्तिगत तर्फबाट रेडक्रस उपशाखा शान्तिपुरलाई २५ हजार र आशा अपाङ्ग केन्द्रलाई २० हजार सहयोग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित