मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

ललितपुरमा प्रमुख निर्वाचन आयुक्तको घरमा बिस्फोट

दैनिक नेपाल २०७५ वैशाख ९ गते २१:१८

ललितपुर, ९ बैशाख । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको ललितपुरको धापाखेलस्थित घरमा अज्ञात समूहले बिष्फोट गराएको छ।

ललितपुर महानगरपालिकाको २३ नम्बर वडामा रहेको यादबको घरमा आइतबार साँझ बिस्फोट गराइएको हो । बिस्फोटमा घरको मुल गेटको सिसा तथा कम्पाउण्डको पर्खाल फुटेको छ।

बिष्फोटमा कुनै मानविय क्षति नभएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी बिनोद सिलवालले जानकारी दिए । बिस्फोटको समयमा ठूलो आवाज आएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित