बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

एमाले–माओवादीको संयुक्त कार्यक्रममा किन भयो बबाल ?

दैनिक नेपाल २०७५ वैशाख ९ गते १३:१९

काठमाडौँ, ९ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्तरुपमा मनाउन लागेको नेकपा स्थापना दिवसको कार्यक्रममको शुरुमै बबाल भएको छ ।

राष्ट्रिय सभागृहमा पार्टी एकता संयोजन समितिले आयोजना गरेको नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीको कार्यक्रमको व्यानरमा मार्क्स र लेनिनको तस्बिर नभएको भन्दै माओवादी निकटहरुले नाराबाजी गरेका थिए । विरोध भएपछि व्यानरलाई हटाइएको छ ।

कार्यक्रम हलमा टाँगिएको व्यानरमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर सहित एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको तस्बिर राखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित