मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

एमाले–माओवादी पार्टी एकीकरणबारे चित्रबहादुर केसीले दिए ‘अचुक’ सुझाव

दैनिक नेपाल २०७५ वैशाख ९ गते १८:४९

काठमाडौं, ९ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विचार र व्यबहार मिल्ने कम्युनिष्टहरू एक हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने बताए । ‘धेरै कुराहरु मिल्ने राजनीतिक दलहरू मिल्नुपर्छ भन्ने मेरो मान्यता हो’, उनले भने, ‘एमाले र माओवादी असोजदेखि एकताको रटान रटिरहेका छन् । हामीले पार्टी एकता नगर्ने भनेर पहिले नै भनिसकेका हौ ।’

उनले भने, ‘पार्टी एकता सजिलो हुँदैन, सजिलै गर्न सकिने कुरा कार्यगत एकता गर्न सकिन्छ, हाम्रो पार्टीले पनि विचार मिल्ने राष्ट्रवादी पार्टीहरूसँग कार्यगत एकता गर्छ, महाकाली सन्धी हुँदा राप्रपासँग पनि कार्यगत एकता गरेका थियौं, पार्टी एकता र कार्यगत एकता फरक छ ।’

‘०४६ सालको जनआन्दोलनमा कांग्रेससँग, दोस्रो जनआन्दालेनमा कांग्रेससँग मिलेर परिवर्तनको पक्षमा हामी उभिउभियौं, स्थानीय तहमा कााग्रेससँग गर्यौ, हाम्रो पार्टी देशको पक्षमा रहँदै आएको पार्टी हो’, अध्यक्ष केसीले भने ।

एमाले माओवादीसँग राजमो एकता गर्दैन ? भनेर सोधिएको अर्को प्रश्नको जवाफमा केसीले भने, ‘उनीहरू एकतामा जादैछन् । पार्टी एकतामा जानुस् । राष्ट्रियताको पक्षमा लाग्नुस्, भष्ट्रचारीलाई कारबाही गर्नुस् भनेका छौँ, राम्रा कामको बारेमा हामी जहिले सकारात्मक छौं, जनताले निर्वाचनमा एमाले माओवादीलाई एकताको लागि अनुमोदन गरेका छन्, एकता होस् शुभकामना छ ।’

मोहन वैद्य र विप्लवसँग पार्टी एकता हुने सम्भावना छ त भनेर सोधिएको प्रश्नको जवाफमा अध्यक्ष केसीले भने, ‘अहिले पार्टी एकता हुँदैन, पार्टी एकता हुँदैन, संघीयता उहाँहरूले स्वीकार गर्नु हुन्छ, हामीले संघीयता स्वीकार गर्दैनौं, राष्ट्रियताको बारेमा जुनसुकै पार्टीसँग पनि कार्यगत एकता हुन्छ, प्रधानमन्त्री भारत भ्रमणमा जादा नेपाललाई घाटा हुनेकाम नहोस्, राष्ट्रघाति सम्झौता नहोस् है भनेर केही अन्तरक्रियाहरू सँगै गरेका थियौँ ।’

प्रतिक्रिया
सम्बन्धित