शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

बन्यजन्तु संरक्षण सम्बन्धी सचेतनाको लागि हरियो वन कार्यक्रमको पैदलयात्रा

दैनिक नेपाल २०७५ वैशाख ७ गते २०:३६

पोखरा, ७ वैशाख । २३ औँ वन्यजन्तु सप्ताहको अवसरमा हरियो वन कार्यक्रम, डब्लुडब्लुएफ नेपाल, चिवतन अन्नपुर्ण भुपरिधिको आयोजनामा चोरीशिकार नियन्त्रण सम्बन्धी सचेतना जगाउने उद्देश्यले अन्नपुर्ण पैदलयात्रा सुरु भएको छ । दश दिनसम्म चल्ने सो अभियानको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपुर्ण संरक्षण आयोजना हरियो खर्कमा एक कार्यक्रमका साथ उक्त पदयात्रामा सहभागीहरुलाई विदाई गरियो ।

वन्यजन्तु सप्ताहको अन्तिम दिन वैशाख ७ बाट शुरु उक्त पदयात्रा पोखराबाट शुरु भई लमजुङ बेँशिसहर, भुलभुले, ताघ्रिङ, धारापानि, चामे, मनाङ, थोरोङ्ग फेदि, मुक्तिनाथ, कागवेनी हुदै जोमसोममा पुगेर पैदल यात्रा समापन हुने डब्लुडब्लुएफ नेपाल, हरियो वन कार्यक्रमका कार्यक्रम अधिकृत रुपेन्द्र घलेले बताए । यस पदयात्रामा डब्लुडब्लुएफ नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा चिवतन अन्नपुर्ण भुपरिधि अन्र्तगत गठन भएका विभिन्न ५ जिल्लाका समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण समुहका प्रतिनिधिहरु सहभागी रहेका छन् ।

उक्त पैदलयात्राको क्रममा विभिन्न स्थानहरुमा चोरी सिकार नियन्त्रण, जैविक विविधता संरक्षण, अवैध चोरी सिकार नियन्त्रण मा स्थानीय समुदायको भुमिका लगायत विषयवस्तुहरुमा अन्तरक्रिया, पोस्टर, ब्रोसर वितरण तथा विभिन्न भिडियो डकुमेन्ट्रिहरु प्रर्दशन गरिने घलेले जानकारी दिए । डब्लुडब्लुएफ नेपालका कार्यक्रम प्रतिनिधि सुर्य अधिकारीको नेतृत्वमा आठ जनाको टोलीलाई नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, क्षेत्रीय वन निर्देशनालयका उप निर्देशकले खादा लगाएर विदाई गरे ।

उक्त कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष कालिदास सुवेदी, अन्नपुर्ण संरक्षण आयोजनाका प्रबन्धक विनोद श्रेष्ठ, केयर नेपालका प्रतिनिधि विवेक अधिकारीलगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो । युएसआईडी को आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमले जैविक विविधता संरक्षण लगायतका क्षेत्रमा कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित