आइतबार, ४ कार्तिक २०७५
DainikNepal.com
आइतबार, ४ कार्तिक २०७५

हनुमानढोका-स्वयम्भू पदमार्गको क्रममा चित्रकला कार्यशाला

दैनिक नेपाल २०७५ वैशाख ७ गते १९:३६


काठमाडौँ, ७ बैशाख । विश्व सम्पदा हनुमानढोका दरबार क्षेत्र देखि विश्व सम्पदा स्वयम्भू सम्मको सम्पदा पदमार्ग यात्रा कार्यक्रमको क्रममा शुक्रबार चित्रकला कार्यशाला समापन भएको छ ।

वयोवृद्ध वरिष्ठ कलाकार चिनीकाजी ताम्राकारको सभापतित्वमा हनुमानढोका स्थित महादेव पार्वती दबलिमा सांसद जीवनराम श्रेष्ठ र सांसद रामवीर मानन्धरले क्यानभासय चित्र कोरेर चित्रकला कार्यशालाको उद्घाटन गरेका थिए । सांसदद्वय श्रेष्ठ र मानन्धरले विश्व सम्पदा पदयात्राको नेपालको लागि एतिहासिक रहने र यस्ता विभिन्न स्थानहरुको पहिचान गर्नुपर्ने बताए ।

१६ वर्ष देखि ८८ वर्षका कुल १५० चित्रकारहरु यस कार्यशालामा आबद्ध थिए । आज कोरिएका चित्रहरुको प्रदर्शनी भोली भुइखेलमा हुनेछ । दिउँसो १ः३० बजे हनुमानढोका दरबार क्षेत्रमा सँस्कृति पर्यटन तथा नागरिक उद्दयन मन्त्री रविन्द्र अधिकारी बाट सम्पदा पदयात्राको उद्घाटन हुने र पदयात्रा स्वयम्भूको भुइखेलमा सभामा परिण्त हुने सल्लाहकार समितिका अध्यक्ष सांसद जीवनराम श्रेष्ठले बताए ।

युनेस्को विश्व सम्पदा हनुमानढोका देखि अर्को विश्व सम्पदा स्वयम्भूसम्मको २.२ किमि दुरीको पदमार्ग स्थापनाको लागि काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोेजनमा मूल समारोह समिति गठन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित