बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

गोदावरीमा बन्ने भो अन्तर्राष्ट्रिय क्रिकेट मैदान

दैनिक नेपाल २०७५ वैशाख ७ गते १९:१७


काठमाडौँ, ७ बैशाख । धुर्मु–सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला निर्माणका लागि ललितपुरको गोदावरीमा रहेको १ सय २८ रोपनी जग्गा छनोट गरेको छ ।

सबै हिसाबले जग्गा उपयुक्त देखिएको भन्दै फाउन्डेसनको प्राविधिक टोलीका तर्फबाट खेलकुद मन्त्रालयमा औपचारिक प्रस्तावना पेश भएको छ ।

उक्त जग्गा कृषि मन्त्रालयको मातहतमा रहेको बुझिएको छ । त्यहाँ पहिले मत्स्यपालन गरिएको पोखरी भूईंचालोपछि सुकेकाले प्रयोजनविहीन थियो ।

प्राविधिक विशेषज्ञसहितको धुर्मुसको टिमले देशका विभिन्न स्थानहरुमा प्रस्तावित जग्गाको अवलोकन र सरोकारवाला पक्षसँग छलफल गरेर निर्णय लिएको हो । टिमले काठमाडौंको कीर्तिपुर, मूलपानी, चोभार तथा पोखरा, चितवन, भैरहवालगायतका स्थानहरुमा रहेका सरकारी जग्गाको स्थलगत अवलोकन गरेको थियो ।

खेलकुद मन्त्रालयले धुर्मुस सुन्तली फाउन्डेसनलाई जग्गा उपलब्ध गराउन कृषि मन्त्रालयलाई पत्र लेख्नुपर्छ । यदी कृषि मन्त्रालयले जग्गा उपलब्ध गरायो भने गोदावरीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण हुनेछ ।

फाउन्डेसनले जग्गा प्राप्तिपछि रंगशाला शिलान्यास भएको डेढदेखि दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । रंगशाला करिब ४० हजार सिट क्षमताको बनाउने फाउन्डेसनको योजना छ ।

प्रतिक्रिया
सम्बन्धित