शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

दुग्ध चिस्यान केन्द्र सञ्चालनमा, कृषि मन्त्री चौधरीद्वारा उद्घाटन

दैनिक नेपाल २०७५ वैशाख ७ गते १९:०२

तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस

कञ्चनपुर, ७ वैशाख । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा आजदेखि दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आएको छ ।

सनवोरा कृषि सहकारी संस्थाले सञ्चालन गरेको केन्द्रको प्रदेश नं ७ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले उद्घाटन गर्दै दुई वर्षभित्रै प्रदेश नं ७ लाई माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउन दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना बनाई लागु गरिने बताउनुभयो ।

नगर प्रमुख दिलबहादुर ऐरले पशुपालनका लागि रु ४५ लाख र कृषिका लागि रु ८२ लाख बजेट परिचालन गरिएको बताउनुभयो । केन्द्रमा ३० दिनसम्म दूध भण्डार गर्ने क्षमता छ । –रासस

प्रतिक्रिया
सम्बन्धित