मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

सशस्त्रद्वारा चोरी पैठारीको लत्ताकपडा बरामद

दैनिक नेपाल २०७५ वैशाख ७ गते १८:२७

काठमाडौँ, ७ बैशाख । धनुषा जिल्लाको विदेह नगरपालिका–२ स्थित दुहवीबाट शुक्रबार एपीएफ टोलीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपाल भित्र्याइएको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मैनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक होमनाथ नेपालको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।

यसैगरी रौतहट जिल्लाको परोहा नगरपालिका ८ स्थित नरकटीया भन्ने स्थानबाट बैशाख ७ गते एपीएफ टोलीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

दुई वटा मोटरसाइकलमा राखेर ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको दुई बोरा लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमजुवाबाट सशस्त्र प्रहरी निरीक्षक सुन्दर श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

गस्तीमा रहेको एपीएफ टोलीलाई देख्नासाथै कपडा ल्याउने व्यक्तिहरु मोटरसाइकल र लत्ताकपडा छोडेर भागेका थिए ।

एपीएफ टोलीले बरामद लत्ताकपडा र दुई वटै मोटरसाइकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएका सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित