मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

ज्ञापनपत्र बुझाउन गएका व्यवसायीलाई यातायात मन्त्रीले दिए कडा जवाफ

दैनिक नेपाल २०७५ वैशाख ७ गते १८:०४

फाइल तस्वीर ।

काठमाडौँ, ७ वैशाख । सरकारको यातायातसँग सम्बन्धित संस्थाहरुलाई कम्पनी ऐनमार्फत् दर्ता र नवीकरण गर्ने निर्णय फिर्ता लिन माग गर्दै यातायात व्यवसायीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई ज्ञापन पत्र बुझाएका छन् ।

यातायात व्यवसायीहरुले सरकारको निर्णय व्यवसायीहरुको हितमा नरहेको भन्दै ज्ञापनपत्रमार्फत तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएको बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले मध्यम वर्गका व्यवसायीलाई नियन्त्रण गर्ने गरी निर्णय लिएको भन्दै फिर्ता लिन दबाब दिँदै आएको छ ।

ज्ञापन पत्र बुझ्दै यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवसायलाई कम्पनी ऐनमार्फत् दर्ता र नविकरण गराउने सरकारको निर्णय फिर्ता नहुने जवाफ दिएका छन् । उनले आन्दोलनको कार्यक्रम तत्काल फिर्ता लिएर आए व्यवसायीहरुलाई आवश्यक सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । यातायात व्यवसायीहरुले आन्दोलन स्थगित गरे आमजनता समेत खुशी हुने मन्त्री महासेठले दावी समेत गरे ।

यातायातसँग सम्बन्धित संस्थाहरुलाई कम्पनी ऐनमार्फत् दर्ता र नवीकरण गर्ने सरकारको निर्णयको विरोधमा यातायात व्यवसायीहरु आन्दोलित बनेका छन् । सरकारले सो निर्णय फिर्ता नलिए देशभर सवारी साधन अनिश्चितकालिन समयको लागि बन्द गर्ने व्यवसायीहरले धम्की दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित