मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

ओली–प्रचण्ड छलफल सकियो, यसो भन्छन् प्रचण्ड

दैनिक नेपाल २०७५ वैशाख ७ गते १५:४४


काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार पनि छलफल भएको छ ।

पार्टी एकता प्रक्रियाले गति लिन नसकिरहेका बेला ओली–प्रचण्डबीच पछिल्लो समय नियमित भेटवार्ता भईरहेका छन् । दुई अध्यक्षले बिहीबार पनि करिब ३ घण्टा छलफल गरेका थिए ।

भेटपछि माओवादी अध्यक्ष प्रचण्डले आफ्नो आफूहरुबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको तथा कुराकानीलाई भोलि पनि निरन्तरता दिइने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा भेटबारे लेख्दै उनले दुबै पार्टीका कार्यदलले बुझाएको पार्टी एकता सम्बन्धी प्रतिवेदनमाथि आजको छलफल सकिएको बताएका छन् ।

आजको छलफलमा कुनैपनि ठोस उपलब्धि भने भएको छैन । मंगलबार बसेको एकता संयोजन समितिले मिल्न बाँकी विषयले मिलाउने जिम्मा ओली–प्रचण्डलाई दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित