मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

आन्तरिक उडान सुरु, अन्तर्राष्ट्रिय उडान हुन ३ घण्टा लाग्ने

दैनिक नेपाल २०७५ वैशाख ७ गते ९:५४

काठमाडौं, ७ वैशाख । मालिन्दो एयरको विमान दुर्घटना भएपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक उडान सुरु गरेको छ ।

मालिन्दो एयरको विमान विहीवार राति धावन मार्गमा दुर्घटना भएपछि अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान प्रभावित भएका थिए । आन्तरिक उडान सुरु भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान भने अझै अनिश्चित रहेको छ । धावन मार्गमा दुर्घटना भएको विमानलाई हटाउने प्रयास भइरहेको छ ।

धावनमार्गबाट चिपलिएर घाँसे मैदानमा पुगेको मलेसियाको मालिन्दो जहाज हटाउन अझै ३ घण्टा लाग्नेछ ।

धावनमार्गबाट विमान हटाउन करीब तीन घण्टा लाग्ने र त्यसपछि मात्रै विमानको उडान र अवतरण सुचारु हुने विमानस्स्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् ।

काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

२० अर्थात उत्तरी क्षेत्रबाट राति ९ बजेर ४५ मिनेटमा उड्ने तयारीमा रहेको रनवेमा कोटेश्वरतर्फको ०२ अर्थात दक्षिणी क्षेत्रतर्फ गइरहेको थियो ।

मोडिएर उत्तरतर्फ लाग्ने बेलामा अगाडिको टायरमा समस्या आएपछि जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित