मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

अरुको छोराछोरीलाई स्कूल भर्ना गर्ने प्रधानमन्त्री र मन्त्रीहरुलाई डा. भट्टराईको दह्रो जबाफ

दैनिक नेपाल २०७५ वैशाख ६ गते २१:००

काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्रीदेखि सांसदसम्मले कम्तीमा पनि एक जना बालबालिकाको शिक्षाको जिम्मेवारी लिँदै विद्यालय भर्ना गरिरहँदा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत टिप्पणी गर्दै डा. भट्टराईले अरुको बालबालिकाको सट्टा आफ्नै छोराछोरी र नातिनातिनीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न सुझाव दिएका हुन् । अरुको बालबालिकालाई सरकारी स्कूलमा पढाएर आफ्ना बालबालिकालाई महंगा निजी स्कूलमा पढाएकोप्रति भट्टराईल सांकेतिक रुपमा विरोध जनाएका हुन् ।

भट्टराईले लेखेका छन्, प्रधानमन्त्री, मन्त्री, नेता र उच्च अधिकारीहरूले अरूका एक एक बच्चा टिपेर सामुदायिक विद्यालयमा भर्ना गरेको फोटो सामाजिक मिडियामा रंगाउनु सट्टा आफ्नै छोराछोरी, नातिनातिनी सामुदायिक विद्यालयमा चुपचाप भर्ना गरेर पढाए समाज र देशको हित हुन्थ्यो कि ? अनि नानीहरूलाई निःशुल्क खाजा दिऊँ भर्नादर आफै बढ्छ ।

प्रतिक्रिया
सम्बन्धित