बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

अन्ततः दीपक मनाङेले गरे प्रहरीसँग आत्मसमर्पण

दैनिक नेपाल २०७५ वैशाख ६ गते २०:०९

काठमाडौँ, ६ बैशाख । चर्चित गुण्डा दीपक मनाङेले प्रहरी सामु आत्मसमर्पण गरेका छन् ।

उपत्यकामा दीपक मनाङेको नाममा आफ्नो अपराध धन्दा चलाउँदै आएका राजीव गुरुङले बिहीबार काठमाडौं प्रहरीसामु आत्मसमर्पण गरेका हुन् । उनी आफैले प्रहरीलाई बोलाएर आत्मसमर्पण गरेको बताइएको छ । प्रहरीले भने उनलाई पक्राउ गरेको बताउँदै आएको छ । पक्राउस्थलबारे भने केही बताइएको छैन् ।

मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारबाट निर्वाचित सांसद् गुरुङको पद पनि खारेज भएको छ ।

सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि माघबाट उनी फरार भएका थिए । उनले सांसदको शपथ समेत लिन पाएनन् ।

काठमाडौँका अर्का गुण्डा नाइके चर्के मिलनलाई खुकुरी प्रहरी गरेको अभियोगमा उनीमाथि ज्यान गर्ने उद्योगमा मुद्दा चलेको थियो । सोही मुद्दामा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो।

प्रतिक्रिया
सम्बन्धित