बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

चोरीको मोबाइल बेच्ने ‘ए’ डिभिजन क्लबका फुटबल खेलाडी प्रहरीको फन्दामा

दैनिक नेपाल २०७५ वैशाख ६ गते १४:५५

काठमाडौँ, ६ वैशाख । ‘ए’ डिभिजन फुटबल क्लबका खेलाडी दिपेश श्रेष्ठ चोरीका मोबाइल, ल्यापटपलगायतका सामाग्री अनलाइन बजारमा बिक्री गरेको ओरोपमा पक्राउ परेका छन् । उपत्यकाका विभिन्न स्थानबाट सामाग्री चोरी गरी सेकेन्ड ह्याण्ड तथा अनलाइन बजारमा बिक्री गर्ने मुख्य अभियुक्त श्रेष्ठलाई प्रहरीले बुधबार प्रकाउ गरेको हो ।

उनी नेपालको ‘ए’ डिभिजन क्लब सरस्वती फुटबल क्लब कोटेश्वरका कप्तानसमेत हुन् । श्रेष्ठ र उनका साथी सिन्धुपाल्चोकका ‘बाच्छो’ भनिने सुवास खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न ब्राण्डका मोबाइल ३३ थान, आइप्याड २ थान, पावर बैंक ३ थान, ३२ इन्च सोनी कम्पनीको टिभी २ थान, विभिन्न प्रकारका डिजिटल क्यामेरा २ थान, नेपाली नगद ४३ हजार ५ सय, भारू २ हजार, विभिन्न कम्पनीका ल्यापटप ५ थान तथा गियरवाला साइकल १ थान बरामद गरेको छ ।

काठमाडौँ महानगरपालिका ६ रेम्बोडाँडास्थित श्रेष्ठको घरमा लुकाइछिपाइ राखेको चोरीका समानहरू उनीहरूले हाम्रो बजार, सस्तो बजार जस्ता सेकेन्डह्याण्ड अनलाईन बजार र पसलमा बिक्री गर्ने गरेको रहस्य प्रहरी अनुसन्धानबाट खुलेको छ । विशेष सूचनाका आधारमा प्रहरीले पहिला खड्कालाई पक्राउ गरेको थियो । खड्काले दिएको सूचनाका आधारमा श्रेष्ठको घरमा प्रहरी पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित