मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

जनता बैंकको सुपर एजेन्टमा जीएमई रेमिट

दैनिक नेपाल २०७५ वैशाख ६ गते १४:०९


काठमाडौँ, ६ बैशाख । जनता बैंक नेपाल लिमिटेडले आफ्नो ‘जनता रेमीट’ को सुपर एजेन्ट भई कार्य गर्न जीएमई रेमिट प्रा.लिलाई नियुक्त गरेको छ । सुपर एजेन्ट सम्बन्धि सम्झौतामा जनता बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्री र जीएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्तक्षर गरे ।

हस्ताक्षर समारोहमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वीनारायण श्रेष्ठको पनि उपस्थिति थियो । सम्झौता बमोजिम ‘जनता रेमिट’ मार्फत पठाएको रकम जीएमई रेमिट प्रा. लि. ले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्नेछ भने जीएमई रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंक नेपाल लिले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ ।

रेमिट्यान्स भुक्तानीको लागि जीएमई रेमिटको देशभरी ६ हजार भन्दा बढी सब–ऐजेन्टहरु रहेका छन् भने जनता बैंकले देश भरीका १०८ शाखा तथा ३३ शाखा रहित बैंकिङ सेवा मार्फत रेमिट्यान्स सेवा प्रवाह गरिरहेको छ ।

हाल जीएमई रेमिट्यान्सले खाडी मुलूकहरू हङ्गकङ्ग, मलेसिया, दक्षिण कोरिया, जापान लगायतका देशहरुबाट रमिट्यान्स कारोवार गर्दै आएको छ ।

आन्तरिक संञ्जाललाई तीब्र रूपले विस्तार गर्दै आएको जनता बैंक तथा जीएमई रेमिट दुबैले विदेशमा पनि आफ्नो संञ्जाललाई तीब्र रूपले विस्तार गर्दै जाने रणनीति लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित