मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

पसिनाको दुर्गन्ध आउने समस्या छ ? अपनाउनुस् यी ५ घरेलु उपाय

दैनिक नेपाल २०७५ वैशाख ६ गते १४:२६

एजेन्सी । अब विस्तारै गर्मी महिना लाग्दैछ । गर्मी मौसममा शरीरबाट स्वाभाविक रुपमा पसिना आउँछ । पसिना आउँदा विशेषगरी काखी गन्हाउने समस्या सिर्जना हुन्छ । पसिनाले काखीलाई ओसिलो बनाउने र ओसिलो भागमा ब्याक्टेरियाहरु हुने हुँदा काखीबाट दुर्गन्ध आउन समस्या उत्पन्न हुन्छ ।

काखीको दुर्गन्धलाई पर्फ्युमको बास्नाले भन्दा प्राकृतिक तवरले हटाउन उपयुक्त हुन्छ । काखीको दुर्गन्ध हटाउन अपनाउनुहोस् यी उपायहरुः

१. कागतीलाई आधा गरी काटेर काखीमुनी दल्नाले पसिनाको दुर्गन्ध हटाउन मद्यत गर्छ । कागतीले छालामा रहेको पीएच लेभललाई घटाउँछ जसले पसिनामा रहेको ब्याक्टेरिया फैलनबाट रोक्छ ।

२. नीमको पातलाई पनीमा उमालेर कपडाले छानेर नुहाउनाले शरीरको दुर्गन्ध हटाउँछ । यसले शरीरमा ब्याक्टेरिया फैलनबाट रोक्छ ।

३. बेसन र चनाको पिठोलाई दहीमा मिसाएर नुहाउनु भन्दा अगाडि शरीरमा लगाउने र १०/१५ मिनेट पछि त्यसलाई पखाल्ने गर्नाले शरीरको दुर्गन्ध हटाउन मद्दत गर्छ ।

४. नुहाइसकेपछि पानीमा एक चम्चा मह मिलाएर दुर्गन्ध फैलिएको ठाउमा लगाउनाले दुन्र्गन्ध हट्छ । महले दुर्गन्ध फैलाउने औषधिको रुपमा काम गर्छ ।

५. पुदिनाको पातलाई उमालेर पानीमा मिसाएर नुहाउनाले शरीरको ब्याक्टेरियालाई हटाउँछ जसले शरीरको दुर्गन्ध हटाउन सहयोग गर्छ ।

प्रतिक्रिया
सम्बन्धित