मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

स्पेनिस ला लिगामा मड्रिड र बिल्बाओबीच बराबरी

दैनिक नेपाल २०७५ वैशाख ६ गते ७:५७

लण्डन, ६ वैशाख । स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले स्पेनिस ला लिगामा रियल मड्रिडलाई हारबाट जोगाएका छन् ।

लिग अन्तर्गत बुधबार राति भएको एथ्लेटिको बिल्बाओसँगको खेलमा रोनाल्डोले खेलको अन्तिम समयमा सुन्दर गोल गर्दै टिमलाई हारबाट जोगाएका हुन् ।

जिनेदिन जिदानको टिम रियल मड्रिडले घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको बिल्बाओसँग १–१ को बराबरी खेलेको हो । खेलमा अग्रता भ्रमण टोली एथ्लेटिको बिल्बाओले लिएको थियो । १४ औँ मिनेटमा इनाकी विलियम्सले गोल गर्दै अग्रता दिलाए ।

पहिलो हाफमा पछि परेको रियलले खेलको अन्तिम समयसम्म पनि गोल गर्न सकेको थिएन । तर ८७ औँ मिनेटमा रोनाल्डोले सुन्दर गोल गरेर टिमलाई हारबाट जोगाए । उनले लुका मोड्रिकले प्रहार गरेको बल क्रसबारमा लागेर फर्किएका बेला सुन्दर प्रहार गर्दै गोलमा परिणत गरेका हुन् ।

रोनाल्डोले यो सिजन रियलका लागि सबै प्रतियोगितामा गरेर ३९ खेलमा ४२ गोल गरेका छन् । ला लिगामा तेस्रो स्थानको रियल मड्रिडको लिगका पाँच खेल बाँकी हुँदा ६८ अंक भएको छ ।

रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १५ अंकले पछि रहेको छ । यस्तै दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा तीन अंकले पछि छ । लिग अन्तर्गत बुधबार राति नै भएका अरु खेलमा एइबरले स्पानियोललाई १–० तथा गेटाफेले भ्यालेन्सियालाई २–१ ले हरायो । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित