बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त यादव करागार चलान

दैनिक नेपाल २०७५ वैशाख ५ गते २२:२३

राजविराज, ५ वैशाख । कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरी बुधबार करागार चलान गरिएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११ का ६० वर्षीय रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि राजविराजस्थित कारागार पठाइएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

पुनरावेदन अदालत राजविराजले २०६७ माघ १९ गते स्थानीय शुभलाल यादवको हत्या गरेको अभियोगमा यादवलाई सर्वश्वसहित जन्मकैदको फैसला गरेको थियो । उनी त्यसैबेलादेखि परार थिए । –रासस

प्रतिक्रिया
सम्बन्धित