सोमबार, १० वैशाख २०७५
DainikNepal.com
सोमबार, १० वैशाख २०७५

माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण

दैनिक नेपाल २०७५ वैशाख ३ गते १८:३५


काठमाडौँ, ३ बैशाख । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा भीमदत्त नगरपालिका, कञ्चनपुर स्थित महिला तथा बृद्ध सेवा केन्द्रमा खाद्यान्न वितरण गरेको छ ।

आश्रमले प्रदेश नं ७ का ९ वटै जिल्लाका जेष्ठ नागरिक ४७ जना, हिंसा पीडित महिला ८ जना र हिंसा पीडित बालबालिका ८ जना गरि जम्मा ६३ जनालाई संरक्षण गरिरहेको जनाएको छ ।

बैंकले एक कार्यक्रमकाबीच आश्रमलाई छ महिना सम्म पुग्ने बराबरको खाद्यान्न हस्तान्तरण गरेको हो । आगामी दिनहरुमा यस्ता सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यक्रमहरुमा निरन्तरता दिइरहने समेत बैंकले जनाएको छ ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टर लगायत १८ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा ८४ स्थानबाट बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित