सोमबार, ५ कार्तिक २०७५
DainikNepal.com
सोमबार, ५ कार्तिक २०७५

गुण्डागर्दीमा संलग्न दावा लामा पक्राउ

दैनिक नेपाल २०७५ वैशाख ३ गते १६:४३

काठमाडौँ, ३ बैशाख । गुण्डागर्दीमा संलग्न दावा लामा प्रहरी फन्दामा परेका छन् । उनलाई प्रहरीले काठमाडौँको नयाँ बजारबाट सोमबार पक्राउ गरेको हो ।

उनीसँगै गुण्डागर्दीमा संलग्न रोशन तामाङ पनि पक्राउ परेका छन् । लामा र तामाङसहित पक्राउ परेका अन्य व्यक्ति भने रिहा भएका छन् ।

लामा र तामाङलाई सोह्रो खुट्टे वृत्तमा राखिएको छ । उनीहरुलाई नयाँ बजारको एक स्नुकर हाउसबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुका विषयमा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार उनीहरु हप्ता अनुसली लगायत गुण्डागर्दीमा संलग्न थिए ।

(यस समाचारमा असावधानीपूर्वक अर्कै तस्बिर पर्न गएकोमा भुलसुधार सच्याइएको छ – सम्पादक)

प्रतिक्रिया
सम्बन्धित