सोमबार, ५ कार्तिक २०७५
DainikNepal.com
सोमबार, ५ कार्तिक २०७५

चितवन पुगेर देउवाले भने-अधिनायकवाद शुरु भइसक्यो

दैनिक नेपाल २०७५ वैशाख ३ गते १५:०६


चितवन, ३ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए ।

उनले भने, ‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।’ अर्काे प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, ‘अब विकास गर्छन्, अधिनायकवादको ।’

सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उनले काम हेर्ने बताए । ‘शुरुकै कामबाट धड्काधड्की विकास भएको छ,’ उनले भने , ‘कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।’

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए ।

उनले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताए । –रासस

प्रतिक्रिया
सम्बन्धित