सोमबार, ५ कार्तिक २०७५
DainikNepal.com
सोमबार, ५ कार्तिक २०७५

दुर्गा तिवारी स्मृति फुटबल प्रतियोगिता शुरु

दैनिक नेपाल २०७५ वैशाख ३ गते १२:५५


रुपन्देही, ३ बैशाख । शहिद दुर्गा तिवारीको स्मृतिमा पक्लिहवा स्थित कृषि क्याम्पसको खेल मैदानमा रनिङ शिल्ड फुटबल प्रतियोगिता आइतबार देखि शुरु भएको छ । प्रतियोगिताको एमाले केन्द्रिय उपमहासचिव तथा रुपन्देही ३ बाट निर्वाचित सांसद घनश्याम भुसालले उद्घाटन गरे ।

प्रतियोगितामा जिल्लाका ११ वटा क्लबले भाग लिएको प्रतियोगिताको संयोजक सुरज पौडेलले जानकारी दिए । केबिआई उद्योगले मुख्य प्रायोजन गरेको खेलको संयोजन अनेरास्ववियु पक्लिहवा कृषि क्याम्पसले गरिरहेको छ । वैशाख २ गते देखी शुरु हुने यस खेल ११ दिन सम्म चल्ने छ । यस खेलको बिजेताले नगद रू ५० हजार जित्ने छ भने उपबिजाले ३० हजार ।

पक्लिहवा कृषी क्याम्पसले ५ नम्बर प्रदेश टुक्राउन हुँदैन भनेर शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरिरहेको बखत सहादत प्राप्त गरेका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको स्मृतिमा दोस्रो पटक खेल आयोजना गर्न लागेको हो । दुर्गा तिवारीको हत्या २०७३ साल पुस ४ गते देवदहको खैरेनीमा गोली हानी निर्ममतापुर्वक भएको थियो । उनको हत्यामा संलग्न मुख्य आरोपी मनोज पुनलाई कारवाहीमा प्रहरीले केही महिना अगाडी खैरेनीमै इन्काउन्टर गरेको थियो ।

सांसद घनश्याम भुसालले दुर्गा तिवारीको स्मृतीमा आयोजना भएको यस कार्यक्रममा आफू आउन पाएकोले खुसी ब्यक्त गरेका थिए । दुर्गा तिवारी एक आसल व्यक्ति रहेको र समाजमा यस्ता व्यक्ति कमै हुने हुनाले दुर्गा तिवारीको स्मृतीमा यस खाले कार्यक्रम गर्नु धेरै नै राम्रो कार्य भएको भुसालले टिप्पणी गरे ।

प्रतिक्रिया
सम्बन्धित