सोमबार, १० वैशाख २०७५
DainikNepal.com
सोमबार, १० वैशाख २०७५

एमालेले किन बोलायो अचानक स्थायी समिति बैठक ?

दैनिक नेपाल २०७५ वैशाख ३ गते ८:२३

काठमाडौं, ३ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी एकीकरणका विषयमा गम्भीर छलफल गर्न नेकपा (एमाले)ले स्थायी समितिको बैठक बोलाएको छ ।

एमालेले अचानक बोलाएको स्थायी समितिको बैठकमा विशेष गरेर एमाले–माओवादी केन्द्रबीचको सम्बन्धका विषयमा छलफल हुने उच्च स्रोतले जनाएको छ ।

बैठक प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा अपरान्ह ५ बजे बस्नेछ । बैठकमा माओवादी केन्द्रसँग अहिलेसम्म भएको पार्टी एकीकरण प्रक्रिया र प्रगतिका विषयमा छलफल हुनेछ ।

वैशाख ९ गते पार्टी एकीकरणको कुरा भएकाले सो विषयमा ठोस निर्णय लिनका लागि स्थायी समितिको बैठक बोलाएको एक नेताले बताए ।

बैठकमा केही दिनभित्रै बस्ने पोलिट व्युरोको बैठकका एजेण्डाका विषयमा पनि छलफल हुनेछ । साथै सरकारको कामकारबाही र भावी योजनाका बारेमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित