सोमबार, ५ कार्तिक २०७५
DainikNepal.com
सोमबार, ५ कार्तिक २०७५

इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

दैनिक नेपाल २०७५ वैशाख ३ गते ७:४४

लण्डन, ३ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड वेष्ट ब्रोमसँग पराजित भएपछि पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी पाँच खेल बाँकी हुँदै उपाधि विजेता बनेको हो ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड पाँच खेल बाँकी हुँदा म्यानचेस्टर सिटी भन्दा १६ अंकले पछि रहेको छ । अब बाँकी खेलमा सिटी पराजित र युनाइटेड विजयी भए पनि उपाधि सिटीकै पोल्टामा हुनेछ ।

म्यानचेस्टर सिटीले पछिल्लो सात सिजनमा तेस्रो पटक लिगको उपाधि जितेको हो । सिटीको प्रशिक्षकको रुपमा गार्डिवलाको यो पहिलो प्रिमियर लिग उपाधि हो ।

गएको सिजन सिटीको जिम्मेवारी सम्हालेका गार्डिवलाले टिमलाई यो सिजन प्रिमियर लिगको उपाधिसँगै पाँचौँ शीर्ष उपाधि जिताएका छन् । सिटीले लिगमा अहिलेसम्म ९३ गोल गरिसेकेको छ र मात्रै दुई खेलमा पराजित भएको छ ।

स्पेनिस गार्डिवलाको प्रशिक्षकीय जिम्मेवारीमा उनको यो २४ औँ उपाधि हो । गार्डिवलाले बार्सिलोना, बार्यन म्युनिख र म्यानचेस्टर सिटीबाट गरी २४ उपाधि जितिसकेका छन् ।

४७ वर्षका गार्डिवलाले बार्सिलोनाबाट दुईपटक च्याम्पियन्स लिगको उपाधि पनि जितेका छन् । सिटीले यो सिजन लिगका १८ खेलमा लगातार जित निकाल्दै कीर्तिमान बनयो ।

यस्तै उसले लिगमा रहेका सबै टिमलाई कम्तिमा एकपटक हराएको छ । सिटी गएको जनवरीमा लिभरपुलसँग ४–३ ले पराजित हुनुअघिसम्म अपराजित थियो । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित