सोमबार, १० वैशाख २०७५
DainikNepal.com
सोमबार, १० वैशाख २०७५

मेरिल्यान्डमा सत्य नारायणको पूजामा लाख बत्ती बालियो

दैनिक नेपाल २०७५ वैशाख ३ गते ६:२८

– विजय थापा
वाशिंगटन डिसी । अमेरिकाको मेरिल्याण्डस्थित नेपाल सांस्कृतिक तथा सामुदायिक केन्द्र (एनईसीसी)स्थित पशुपति बुद्ध मन्दिरमा नयाँ वर्ष २०७५ भव्यताका साथ सम्पन्न भएको छ ।

बुद्ध पूजा, सत्य नारायण पूजा, लाख बत्तीको आरती, जुर शीतलसहित बिबिध कार्यक्रमको आयोजना गरिएको हो । मन्दिर तथा सामुदायिक केन्द्रमा नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्दै डिसी महानगर क्षेत्र वरपर बसोबास गर्ने नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

बिहानदेखि नै ध्यान तथा बुद्ध पूजाबाट सुरु गरिएको उक्त कार्यक्रम पश्च्यात सत्य नारायणको पूजाको आयोजना गरिएको थियो । सत्य नारायण पूजा सामूहिक रुपमा गरिएको थियो । पहिलो पटक जनकपुर मैथिली समुदायमा हजारौ वर्षदेखि मनाउँदै आएको जुर शीतल समुदायको बाक्लो उपस्थितिमा मनाईएको छ । जुरको अर्थ मेलमिलाप समन्वय र शीतलको अर्थ शान्ति भएको जानकारी अमेरिका नेपाल तराई संघ (एन्टा)का अध्यक्ष विजय कुमार सिंहले बताए ।

नेपालका व्यापारी विनोद चौधरीले प्रदान गरेको बिशाल बुद्धको प्रतिमा वरपर बसेर बुद्ध ध्यान गरिएको थियो । सत्य नारायणको पूजा नेपाल सांस्कृतिक तथा सामुदायिक केन्द्रको भवनमा सामूहिक रुपमा गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले औपचारिक कार्यक्रममा एनईसीसिको मुख पत्रको बिमोचन गरेका थिए । यसको साथै बालबालिकाहरूले आफ्नो प्रस्तुति पनि गरेका थिए ।

डिसी क्षेत्रमा रहेका विभिन्न संघ–संस्थाहरूले शुभकामना आदान प्रदान समेत गरेका थिए । यसको साथै सामुदायिक भवन छेउ मै भर्खर निर्माण गरिएको मण्डपको उदघाटन रिवन काटेर राजदुत कार्कीले उद्घाटन गरेका थिए । मन्दिरमा आएका श्रद्धालु भक्तजन तथा नेपाली समुदायलाई भोजन गराइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित