सोमबार, ५ कार्तिक २०७५
DainikNepal.com
सोमबार, ५ कार्तिक २०७५

काँग्रेसभित्र पारदर्शीता आवश्यक : नेता सिटौला

दैनिक नेपाल २०७५ वैशाख २ गते २०:३६

तस्वीर: अजितकुमार झा/रासस

इनरुवा, २ वैशाख । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र पादर्शीताको आवश्यकता रहेको बताउनुभएको छ ।

काँग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र पादर्शीता भयो भने पार्टी आफैँ अगाडि बढ्ने बताउनुभयो । उहाँले पार्टीलाई सबै कार्यकर्ताले थाहा पाउने गरी पादर्शी बनाउनुपर्ने, लोकतान्त्रिकीकरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले काँग्रेसबिना देशको विकास सम्भव नभएका कारण देश विकास गर्न काँग्रेसको काँधमा थप बढी जिम्मेवारी आएको बताउनुभयो । नेता सिटौलाले संघ तथा प्रदेशसभा निर्वाचनमा पराजित हुँदैमा काँग्रेस कमजोर नभएको बताउनुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित