बिहीबार, ६ वैशाख २०७५
DainikNepal.com
बिहीबार, ६ वैशाख २०७५

राष्ट्रपति भण्डारीद्वारा राजदुत नियुक्त

दैनिक नेपाल २०७५ वैशाख २ गते २०:२८

काठमाडौँ, २ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली राजदुत रमेशप्रसाद खनाललाई सर्वियाका लागि समेत गैरआवासीय नेपाली राजदुतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा खनाललाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी, राष्ट्रपति भण्डारीले थाइल्यान्डका लागि नेपाली राजदुत खगनाथ अधिकारीलाई भियतनामका लागि समेत गैरआवासीय नेपाली राजदुत पदमा नियुक्त गर्नुभएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित