सोमबार, ५ कार्तिक २०७५
DainikNepal.com
सोमबार, ५ कार्तिक २०७५

कान समातेर उठबस गर्नु पनि हो एक प्रकारको योगा, हुन्छन् यतिका धेरै फाइदा

दैनिक नेपाल २०७५ वैशाख २ गते १३:११

एजेन्सी । ‘कान समातेर उठबस गर्नु’ स्कुले जीवनमा अधिकांशले शिक्षकबाट पाउने सजाय हो । गल्ती गर्दा यस्तो सजाय पाउँदा दिक्क लाग्थ्यो होला अथवा सजाय दिने शिक्षकसँग रिस पनि उठ्थ्यो होला । यो नेपालमा मात्रै नभई दक्षिण एशियाका अधिकांश देशहरुमा प्रख्यात छ । तर तपाईलाई थाहा छ त्यो समयमा सजाय भोगिरहँदा त्यसले तपाईलाई स्वस्थ बनाउन पनि मद्यत गरेको थियो । कसरी ?

जुन सजायलाई हामी ‘कान समातेर उठबस गर्नु’ भन्छौँ, त्यसलाई योगको भाषामा ‘सुपरब्रेन योगा’ भनिन्छ । यो वास्तवमै एक प्रकारको योगासन हो । आजकाल अमेरिका, युरोपतिर कान समातेर उठबस गर्ने चलन व्यापक हुँदैछ । तर सजायका रुपमा होइन । योगका रुपमा ।

यो योग गर्नाले मष्तिष्कको काम गर्ने क्षमतामा बृद्धि हुने जनाइएको छ । यसबाट डिस्लेक्सिया, एन्जाइटी, डिप्रेसन, डिमेन्सियाका बिरामीको अवस्था नाटकीय रुपमा सुधार भएको छ । यसले स्नायु प्रणाली र मष्तिष्कमा अक्सिजन प्रवाह गर्न मद्धत गर्छ र पढाईमा ध्यान केन्द्रीत गर्न सघाउ पुर्‍याउँछ ।

दाहिने हातले देब्रे कान समात्ने र देब्रे हातले दाहिने कान समात्ने अवधारणा आयुर्वेदीय पद्धतिबाट आएको मानिन्छ । यसरी समात्दा कानको लोतीमार्फत् उर्जा प्रवाह भई दुवै तर्फको मष्तिष्कको कार्य अझ बढी राम्रोसँग प्रेरित गर्छ । यो योगा गर्नेहरुले तत्काल सन्तुलित र शान्त महसुस गर्ने गरेको बताउने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित