सोमबार, ५ कार्तिक २०७५
DainikNepal.com
सोमबार, ५ कार्तिक २०७५

र, यो पनि सर्वेन्द्र समय !

कस्तो रहला अब बा१झ ३६६६ को रफ्तार ?

विनोद ढकाल २०७५ वैशाख २ गते १२:५२

प्रहरी महानिरिक्षक (आइजीपी) सर्वेन्द्र खनाल

– विनोद ढकाल / दैनिक नेपाल 

स्मरण छ– अघिल्लो वर्ष प्रहरी प्रमुखका लागि राजनीतिक, न्यायीक र व्यक्तिगत नियतले छताछुल्ल, छरपस्ट र विस्कुनझैं आएका हत्कण्डाहरूले उदेक नै बनायो । र, जनमत संग्रह गरौं जसले मत प्राप्त गर्छ उसैलाई प्रमुख बनाऔं भन्ने भावाशयमा कलम चलाउन परेको थियो । यस पटक यो नियती आएन । तर कलम चलाउने खुनखुनचाहीँ बाँकी नै रहेछ । विषयको थाक सानो छैन । सुल्टो पिरामिडबाट चल्ने सांगठनिक निकायका विषयमै केन्द्रीत हुने रहर जाग्यो ।

अब तस्बिर खिच्ने, फेसबुकमा पोस्ट्याउने, बुके र माला लगाउने क्रम न्युन हुन थालेको छ । यसको न्युनताले नै कर्तव्यको यात्रामा निरन्तर चल्न सकिन्छ । यो दौडसँग जुध्नेगरी कुद्नुपर्छ– बा१झ ३६६६!

०४६ साल पछिको इतिहासमै यति साह्रो ‘ह्यान्डसम’ आइजी देखा परेका थिएनन् । उनको जीवनशैली जति सहज छ, जति सुन्दर देखिन्छन् । त्यो सुन्दरताको लाज कामसँग पक्कै जोडिन्छ । त्यसैले उति नै सुन्दर कार्यकलाप कार्यकालमै गर्नुपर्छ, उनले ।

यसका पाङ्ग्रा खिइन पाउने छैनन् । इन्जिन विग्रन पाउने छैन । जिम्मेबारीको बोझले लच्किने छुट पनि छैन । कर्तव्यमा गन्तव्य टाढा देख्न पाउने छैन । अपराध बोक्न पाउने अधिकार यसलाई छैन । भ्रष्टाचारका भारी बोक्ने अनुमति विल्कुल छैन । यसले तालीमात्र होइन, गाली पनि सहनुपर्छ थाक्न मिल्दैन । आफ्नो शिरमा राखेको झन्डाको लाज राख्नै पर्छ । थुतुनोमा टाँसेको तीनताराको साख राख्नैपर्छ ।

यहि सवारी हो, प्रहरी प्रमुख (आइजी) सर्वेन्द्र खनालको । अहिलेसम्म इम्बोस्ड प्लेट राखिएको छैन । संगठनको प्रमुखमा बढुवा भएर सुधारका केही लिखित वक्तव्य उनले सुनाइ सकेका छन् । व्यवाहारिक सुरुआत नम्बर प्लेटबाटै गर्नेछन् भन्ने आश राखौं ।

विनोद ढकाल

समाजशास्त्रीहरू भन्छन्– कुनै पनि आमूल परिवर्तनको लक्ष्य आफुबाटै तय गर्नुपर्छ । खनाल त्यो पद र प्रतिष्ठाको टोपी लगाइरहेका छन् जसको सिधा सम्बन्ध समाजसँग नै हुन्छ । समुदायसँग हुन्छ । सम्प्रदायसँग हुन्छ । सडक, सवारी र स्रोतसाधनसँग पनि हुन्छ । सार्वभौमिकता, स्वतन्त्रता अनि शक्तिकेन्द्रसँग पनि हुन्छ । ३६६६ को यात्रा कठिन छ तर असम्भव, असफलता उन्मुख छैन । यसलाई उनले त्यस्तो बनाउने छैनन् ।

त्यसअघि संगठनमा उनका पूर्व हाकिमहरूको अनुहारको रङ् पनि उनले नियाल्नै पर्छ । सपनाको कुर्सीमा बस्दाबस्दै इतिहासमा कालो पोतिएको अनुहार लिएर जेललाई अँगालेकाहरूले सिकाएको अभ्यासमै अभ्यस्त रहने कि पाठ्यक्रम नै परिवर्तन गर्ने भन्ने निर्णयमा उनी पुग्नुपर्छ ।

उनी माथिको भरोसाका कारणले नै एउटा चलेको दैनिकमा आलेख आयो– सर्वेन्द्र सपना शिर्षकमा । उनीमाथि संगठन सुधारका विविध रचनात्मक जिम्मेबारी पहिला देखि नै थिए । म आफैं सम्पादक रहेको एउटा म्यागेजिनमा उनी अपराध महाशाखाको प्रमुख हुँदा गरेका कामहरूको बखान गर्दै छापेको थिएँ– ‘सर्वेन्द्र समय’ शिर्षकमा । दुई वर्षअघि प्रकाशित उक्त आलेखले यति बेला नतिजा पाएको छ । यो ठाउँमा पुग्नका लागि उनको समयको खुड्कीला तय भयो भन्ने त्यो सन्देशसँग अब फेरि भन्नुपर्छ यो पनि सर्वेन्द्र समय ! यसकारण कि अब समयले सर्वेन्द्रको परख राख्नेछ । उनको नेतृत्व, क्षमता, तिक्ष्णताको मापन पक्कै गर्छ ।

०४६ साल पछिको इतिहासमै यति साह्रो ‘ह्यान्डसम’ आइजी देखा परेका थिएनन् । उनको जीवनशैली जति सहज छ, जति सुन्दर देखिन्छन् । त्यो सुन्दरताको लाज कामसँग पक्कै जोडिन्छ । त्यसैले उति नै सुन्दर कार्यकलाप कार्यकालमै गर्नुपर्छ, उनले । नीतिगत तहदेखि संगठनात्मक सुधार, मुस्कानधारी प्रहरी, घुस भन्नासाथ डराउने प्रहरी बनाउनै पर्छ । जटिल समयसँग लड्नुपर्ने चुनौति भरिएका तस्बिर उनका सामु छन् । सुन तस्करीमा प्रहरी अधिकारी नै मुछिन थालेका छन् । छानविन भइरहेको छ । उनका पूर्वलिडर प्रकाश अर्यालसम्मको नामका संकेतहरू जोडिएका छन् । अन्यका कुरा छाडौं । यो समयसँग उनले जुध्न सक्नुपर्छ ।

प्रहरी भनेको बेथिति बनाउनका लागि होइन, बेथिति सुधार्नका लागि बनेका हुन् । उनले समाजको पनि थिति बसाल्ने हो । तर हरेक चौकी र इलाका, हरेक क्षेत्र र सहर । हरेक निकाय र जिम्मेबारीको हिसाबकिताब प्रहरी संगठनमा ‘माल अड्डा’का नामले प्रचलित रहेछन् । यो बेथितिलाई थितिमा बदल्ने चुनौति खनालका अघि छन् ।

खनाल त्यो कोटीका प्रहरी हुन् जसले बाहलवालाको फूली थुतिदिन सक्छन् भन्ने हल्ला चलिरहेको छ । यसैले प्रहरी प्रमुखसँग संगठन सुधारका लागि इकाईहरूमा रहेका प्रमुखदेखि सचिवालयमा रहेका हरेकको व्यहोरा सुधार्नुपर्ने चुनौति छ ।

प्रहरीमा एउटा प्रवित्ति छ । खनालले यो प्रवित्तिको सामना गर्नु परेन । परिस्थित बलियो र संगठनका सहकर्मीको कुशल चरित्रको परिणाम पनि हो । एउटा हाकिम हुँदा अर्कोले उजुर गर्ने प्रवित्तिको लेखाजोखा गर्न परेन । यस्ता विषयले थिलथिलो भएको संगठनको आगामी यात्रा सहज बनाउने नीतिगत काम गर्नुछ । त्यसका लागि प्रहरी नियमावलीको संशोधन– प्रवित्तिको जरा उखेल्ने काम । अर्को संघात्मक मुलुकको प्रहरी संगठनको संरचनाको आधार तयार पार्नुछ । प्रदेश प्रहरीको सुरक्षा साङ्लोको काम ।

एउटा भनाई छ– प्रहरी भनेको बेथिति बनाउनका लागि होइन, बेथिति सुधार्नका लागि बनेका हुन् । उनले समाजको पनि थिति बसाल्ने हो । तर हरेक चौकी र इलाका, हरेक क्षेत्र र सहर । हरेक निकाय र जिम्मेबारीको हिसाबकिताब प्रहरी संगठनमा ‘माल अड्डा’का नामले प्रचलित रहेछन् । यो बेथितिलाई थितिमा बदल्ने चुनौति खनालका अघि छन् । त्यसैले सेना र प्रहरीका विषयमा व्याख्या फरक भएका हुन् । सेना सुरक्षाका लागि र प्रहरी सहभागीताका लागि हुन् । सीमाना युद्धका लागि र जेल सुधार केन्द्रका नाममा त्यसै परिभाषित भएका होइनन् । यस्ता सामान्य देखिने तर असामान्य चुनौति बोकेका विषयको सुधार खनालका काँधका दुई ताराले पार लगाउनै पर्छ ।

अर्कातिर, राजनीतिक दलसँग जोडिएको लेपलाई छुटाउनुपर्छ । राज्यको दायित्व र जिम्मेबारीमा छिरेका कारणले यो कार्यकालमा खनालले कमाल गर्नुको विकल्प नै रहँदैन । यसर्थ आइजी साब, ३६६६ को यात्रा कठोर छ । ७० हजार प्रहरी स्यालुटको आत्मरती होइन, अझ प्रगति हुन्छ भन्ने विश्वासमा चलेको छ, लोक ।

प्रतिक्रिया
सम्बन्धित