सोमबार, ५ कार्तिक २०७५
DainikNepal.com
सोमबार, ५ कार्तिक २०७५

प्रधानमन्त्री ओलीले यी बालिकालाई अभिभावकत्व दिँदै गरिदिए विद्यालय भर्ना

दैनिक नेपाल २०७५ वैशाख १ गते २०:३७

काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरिदिएका छन् ।

मुगुको मुगुम कार्मारोंग गाउँपालिका वडा नम्बर ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाका ६ वर्षीया छोरी थिल्ने साङ् तामाङलाई प्रधानमन्त्रीले विद्यालय भर्ना गरिदिएका हुन् । २०६८ साल चैत १९ जन्मनुभएकी तामाङलाई बुद्ध मावि मांग्रीमा विद्यालय भर्ना गरिएको हो ।

छात्राको अभिभावत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गरेका प्रधानमन्त्रीले तामाङलाई पोसाक र पुस्तक प्रदान गरेका थिए । प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरिदिएकी छिन् । शाक्यले टोमा लामा र कार्मा नाम्ग्याल लामाकी छोरी छेरिङको अभिभावकत्व पनि ग्रहण गरेकी हुन् । छेरिङ २०६७ माघ १७ गते जन्मिएकी हुन् ।

रारा पर्यटन महोत्सवमा पुगेका प्रधानमन्त्रीले भर्ना सप्ताह सुरु भएको अवसरमा ती बालिकाको अभिभावत्कव लिँदै विद्यालय भर्ना गरिदिएका हुन् । प्रधानमन्त्रीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तिमा एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपिल गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित