सोमबार, १० वैशाख २०७५
DainikNepal.com
सोमबार, १० वैशाख २०७५

प्रधानमन्त्रीको भाषण सुन्दासुन्दै ढलेका वडाध्यक्षको मृत्यु

दैनिक नेपाल २०७५ वैशाख १ गते १९:०५

मुगु, १ वैशाख । रारा–कर्णाली पर्यटन वर्ष–२०७५ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो । ६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आउनुभएको थियो । स्थानीय निर्वाचनमा उहाँ नेकपा (एमाले) बाट निर्वाचित हुनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला उहाँ ढल्नुभएको थियो । नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उहाँको मृत्यु भएको थियो । –रासस

प्रतिक्रिया
सम्बन्धित