एजेन्सी । गाउँघर तिर भुटेको मकै निकै प्रख्यात छ । सहर बजारमा भने भुटेको मकै त्यति प्रख्यात छैन । सहर बजारका कतिपयलाई त भुटेको मकैको स्वाद पनि थाहा नहोला । भुटेको मकै स्वादिष्ट त हुन्छ नै स्वास्थ्यमा पनि विशेष फाइदा गर्छ ।
यस्ता छन् भुटेका मकैका फाईदाहरुः
१. भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुन्छ । जसले हड्डीलाई मजबुत बनाउँछ ।
२. भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन् ।
३. भुटेको मकैमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र पर्याप्त हुन्छ । यसले शरिरमा रगत अभावको समस्याबाट जोगाई कमजोरी हुनबाट बचाउँछ ।
४. भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ्लेविनाईड हुन्छ जसले रक्त प्रबाहलाई तीब्र बनार्ई रक्तचाप नियन्त्रण गर्छ ।
५. यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । मुटु रोगको खतराबाट बचाउँछ ।
६. भुटेको मकैलाई तातो पानीमा केही बेर उमालेर यसको पानीलाई छानी मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नी कमजोरीको समस्या समाधान हुन्छ ।
७. भुटेको वा पोलेको मकैमा कार्बोाइड्रेडको मात्र पर्याप्त हुने भएकोले यसले शरिरलाई पर्याप्त उर्जा दिन्छ ।

