सोमबार, ५ कार्तिक २०७५
DainikNepal.com
सोमबार, ५ कार्तिक २०७५

डीपीएलको उपाधी धनगढीको पोल्टामा

दैनिक नेपाल २०७४ चैत ३० गते १६:४०

धनगढी, ३० चैत । टिम चौराहा धनगढीले दोस्रो पटक धनगढी प्रिमियर लिगको उपाधी हात पारेको छ । काठमाडौँ गोल्डेन्सलाई फाइनलमा २१ रनले हराउँदै धनगढीले उपाधि आफ्नो पोल्टामा पारेको हो । डीपीएलको पहिलो संस्करण पनि धनगढीले नै जितेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको चौराहले ४ विकेट गुमाएर १८१ रन बनाएको थियो । जवाफमा काठमाडौँले २० ओभर खेल्दै ८ विकेट गुमाएर १६० रन मात्र बनायो ।

काठमाडौँबाट ओपनर अमित श्रेष्ठले सर्सावधिक ५८ रन बनाए । त्यस्तै, पुष्प थापाले १५, ज्ञानेन्द्र मल्लले ३०, नरेश बुढाऐरले १९ र सन्नी पटेल २२ रन जोडे । काठमाडौँलाई १६० रनमा समेट्न धनगढीका ललितसिंह भण्डारीले ३ र रोहन मुस्तफाले २ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा १८१ रन बनायो । उसका लागि ओपनर सुनिल धमलाले ७८ रन बनाए । त्यस्तै रोहन मुस्तफाले ६० रनको योगदान गरे । काठमाडौँका भाटीले २ तथा सन्नी पटेलले १ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित