सोमबार, ५ कार्तिक २०७५
DainikNepal.com
सोमबार, ५ कार्तिक २०७५

यस्ता छन् हर्टअट्याक हुने कारण, कसरी बच्ने ?

दैनिक नेपाल २०७४ चैत ३० गते १४:०९

एजेन्सी । हर्टअट्याक अर्थात हृदयघात कतिबेला हुन्छ कसैलाई थाहा हुँदैन । यो अकस्मात हुने मुटुको रोग हो । तर हृदयघात हुनु अघि केही लक्षणहरु भने देखिन्छन् । जुन अचानक सुरु हुन्छ ।

हृदयघात हुनु अघि छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने लक्षण देखिन सक्छ । त्यसको साथ साथै पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको सम्भावना अधिक हुन्छ ।

यस्ता लक्ष्यण देखिएमा तत्काल चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ । हृदय घात हुनुका प्रमुख कारणहरु यसप्रकार छन्ः

उच्च रक्तचाप
उच्च रक्तचाप हृदय घातको प्रमुख कारण मानिन्छ । उच्च रक्तचाप भएका मानिसमा मुटुले रगत छिटो छिटो पम्प गर्ने हुँदा मुटुमा बढि दबाब पर्छ । जसले हृदयघात निम्त्याउन सक्छ । उच्च रक्तचाप भएको व्यक्तिमा हृदयघातको सम्भावना २ गुणा बढि हुन्छ ।

उच्च कोलेस्टेरोल
रगतमा कालेस्टेरोलको मात्रा जति धेरै हुन्छ, हृदयघातको खतरा पनि त्यति नै धेरै हुन्छ । युवा अवस्थामा देखिने हर्टअट्याकको प्रमुख कारणमा उच्च कोलेस्टेराल र ध्रुम्रपान मानिन्छ । उच्च कोलेस्टेरोलले हर्टअट्याकको खतरा ३ गुणा बढाँउछ ।

धुम्रपान
धुम्रपानले हृदयघातको सम्भावना २ देखि ४ गुणा बढाउछ । जति धेरै पटक धुम्रपान ग¥यो त्यति नै हृदयघातको सम्भावना बढ्दै जान्छ ।

मधुमेह
लामो समयदेखि मधुमेह भएका व्यक्तिहरुमा हृदयघातको सम्भावना झन् बढी हुन्छ । मधुमेह भएका मानिसले रक्तचाप र कोलेस्टेरोल नियन्त्रण नगरे हृदयघात हुने सम्भावना धेरै हुन्छ । मधुमेह भएका व्यक्तिमा हर्टअट्याकको सम्भावना २ देखि ३ गुणा बढी हुन्छ ।

मोटोपना
मोटोपना भएका व्यक्तिहरुको शरीरमा धेरै बोसो हुन्छ । रगत बग्ने नशामा बोसो जम्मा भइ नशा साँघुरो हुन जान्छ । जसबाट नशामा रगत बग्न समस्या भइ मुटुमा असर पुग्न जान्छ । मोटोपना र पेट ठुलो भएका मानिसमा हृदयघातको सम्भावना अत्याधिक हुन्छ ।

वंशाणुगत
परिवारमा कुनै सदस्यलाई हृदयघात भएको छ भने अन्य सदस्यलाई पनि हुने सम्भावना हुन्छ ।

अत्याधिक मदिरा सेवन
नियमित अत्याधिक मदिरा सेवन गर्ने र एकैपटक धेरै मदिरा सेवन गर्ने मानिसलाई पनि हृदयघातको सम्भवना हुन्छ ।

मानसिक तनाव
मानसिक तनाव वा डिप्रेसन भएका मानिसलाई पनि हर्टअट्याकको सम्भावना हुन्छ ।

हृदयघातबाट जोगिने यस्ता छन् तरिका
१. मोटोपना नियन्त्रण गर्ने ।

२. नियमित व्यायाम गर्ने ।

३. उच्च रक्तचाप नियन्त्रण गर्ने । जसको लागि नूनको प्रयोगलाई कम गर्ने ।

४. स्याचुरेटेड फ्याट र ट्रान्स फ्याटको सट्टा मोनो अनस्याचुरेटेड फ्याटको प्रयोग गर्ने ।

५. हप्तामा तीनपटक सम्म खानामा माछा खानाले हृदयघातको जोखिम कम हुन्छ ।

६. तनाव नियन्त्रण गर्ने । जसको लागि ध्यान तथा योगा गर्न सकिन्छ ।

७. भिटामिन युक्त खानेकुराहरुको सेवन गर्ने ।

८. महिलाले दिनमा एक डिं«क रेड वाईन र पुरुषले दुई ड्रिंकसम्म उपभोग गर्दा एचडिएल बढ्छ र रगत पनि पातलो भई हृदयाघातको समस्या कम गराउँछ । तर जथाभावी रुपमा रक्सी पिउँदा उच्च रक्तचापको समस्या तथा डाईलेटेड कार्डियोमायोप्याथी जस्ता मुटुका समस्या निम्त्याउन सक्छन्

९. अत्याधिक हरियो सागसब्जीको सेवन गर्ने ।

१०. कार्बोहाइड्रेटको सेवनलाई नियन्त्रण गर्ने तथा खानामा प्रोटिन र मिनरलयुक्त गाढा हरियो सागसब्जी तथा फलफूलको मात्रा बढाउँने ।

११. उच्च रक्तचाप तथा मधुमेहको विरामीले चिकित्सककोमा नियमित जाँच गर्ने ।

प्रतिक्रिया
सम्बन्धित