सोमबार, १० वैशाख २०७५
DainikNepal.com
सोमबार, १० वैशाख २०७५

बोल्ड हुन खोज्दा के–के देखाउन पुगिन् अभिनेत्री राधिकाले ?

दैनिक नेपाल २०७४ चैत ७ गते १०:१७

मम्बई । अभिनेत्री राधिका आप्टेले बलिवुडमा आफ्नो अलग छविको पहिचान बनाएकी छिन् । राधिका बलिउडमा बोल्ड अभिनेत्रीमा पर्छिन् । उनी आफ्नो कामबाट कहिल्यै पछाडि हट्दिनन् ।

राधिकाले ‘पार्च्ड’ फिल्ममा एकसे एक बोल्ड सीन दिएकी छिन् । ‘पैडमैन’ जस्तो फिल्ममा साधारण हाउसवाइफमा राधिकाको अभिनय हेर्न सकिन्छ ।
केही समय अगाडि राधिका आप्टे बिकिनी लुकमा देखिएकी थिइन् । बिकिनीमा देखिएकी राधिकाले धेरै आलोचनाको सामना गर्नु परेको छ । यति धेरै आलोचना खेप्नु पर्ला भनेर राधिकाले कहिल्यै सोँचेकी थिइनन् ।

अहिले फेरि राधिकाको अर्को बोल्ड तस्बिर बाहिरिएको छ । यसपटक अभिनेत्री राधिकाले स्विमिंग पूलमा रमाइलो गर्दै गरेको बोल्ड तस्बिर सार्वजनिक गरेकी छिन् । फोटोमा राधिका प्राकृतिक ब्यूटीका रुपमा देखिएकी छिन् । उनको सबैले प्रशंसा गरेका छन् ।

साउथ फिल्मका एक कलाकारलाई राधिकाले पिटेकी थिइन् । त्यस बेला पनि उनको चर्चा भएको थियो । राधिकाले निर्देशक रामगोपाल वर्मालाई सन्यास लिन सुझाव दिएकी थिइन् । वर्माले धेरै राम्रा फिल्म बनाएका कारण सन्यास लिएर बस्नुपर्ने उनको भनाइ थियो । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित