सोमबार, ५ कार्तिक २०७५
DainikNepal.com
सोमबार, ५ कार्तिक २०७५

प्रचण्डले तोकिदिए माओवादी मन्त्रीहरूलाई मोटो रकम लेबी

दैनिक नेपाल २०७४ चैत ६ गते ७:४८

काठमाडौं, ६ चैत । नेकपा (माओवादी केन्द्र)ले आफ्ना मन्त्रीहरूलाई मोटो रकम लेबी तोकेको छ ।

ललितपुरको पुल्चोकस्थित गृहमन्त्री रामबहादुर थापाको सरकारी क्वाटरमा बसेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र मन्त्रीहरूको संयुक्त बैठकमा पार्टीका लागि लेबी तोक्ने निर्णय भएको हो ।

‘मन्त्रीहरूले पार्टीलाई लेबी कति बुझाउने भन्नेबारेमा कुराकानी भएपछि मासिक १५ हजार तिर्ने सहमति भएको छ’, एक मन्त्रीले भने, ‘लेबी अलिक धेरै भयो कि भनेर हामीले कुरा उठाएका थियौँ । सुनुवाइ भएन ।’ लेबीको रकम अलिक थोरै भयो कि भनेर केही मन्त्रीले कुरा उठाएको पनि स्रोतको भनाइ छ ।

माओवादी अध्यक्ष दाहालले मन्त्रीहरूलाई अनुशासनमा बस्न र पार्टीसँग समन्वय गरेर मात्रै निर्णय लिन निर्देशन दिएका छन् ।

प्रत्येक १५ दिनमा मन्त्रीहरूको समिक्षा बैठक बस्न दाहालले निर्देशन दिँदै त्यसको प्रगति विवरण आफूलाई बुझाउन भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित