शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन

दैनिक नेपाल २०७४ फागुन २९ गते २०:२३

काठमाडौँ, २९ फागुन । विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा काठमाडौँमा दीप प्रज्वलन गरिएको छ । काठमाडौँको ठमेलमा ठमेल पर्यटन विकास परिषद्को आयोजनामा मंगलबार साँझ मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जलि दिइएको हो ।

सो अवसरमा मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वाथ्य लाभको कामना गरिएको थियो । दुर्घटनाको छानविन गर्न गठन गरिएको समितिले शिघ्र छानविन गरेर दुर्घटनाको कारण सार्वजनिक गर्नुपर्ने माग गरिएको थियो ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५२ पुगेको छ । विमानमा ६७ जना यात्रु सवार थिए । बंगलादेशको ढाकाबाट आएको युस बंगला एयरलाईन्सको विमान काठमाडौँमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित