शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

राष्ट्रपतिसँग बंगलादेशका राजदूतको भेट

दैनिक नेपाल २०७४ फागुन २९ गते १९:२२


काठमाडौँ, २९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि बंगलादेशका राजदूत मास्फी विन्टे शाम्सले मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा भेट गरेका छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले सोमबार यूएस बंगलादेश विमान दुर्घटनामा बंगलादेशका नागरिकको निधन भएकोमा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे । उनले राजदूतमार्फत बंगलादेशका आफ्ना समकक्षी राष्ट्रपतिलाई समेत समवेदना सन्देश पठाइन् । –रासस

प्रतिक्रिया
सम्बन्धित