शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

८० प्रतिशत छुटमा उद्यमीलाई उपयुक्त प्रविधि

दैनिक नेपाल २०७४ फागुन २९ गते १९:३७

– मिना बुढाथोकी
सल्यान, २९ फागुन । सल्यानमा उपयुक्त प्रविधि विकासका लागी विभिन्न उद्यमीहरुले निवेदन दिएका छन् । घरेलु तथा साना उद्योग विकास समिति सल्यानले गरेको आह्वानमा ६५ जनाले निवेदन दिएका छन् ।

यसरी निवेदन दिनेमा सबैभन्दा धेरै होटल व्यवसाय, कस्मेटिक पसल, फर्निचर उद्योग, ग्रील उद्योगलगाउतको लागी निवेदन बढी आएको वरिष्ठ उद्योग अधिकृत प्रदिप न्यौपानेले बताए । ‘यहाँ उद्योग सञ्चालन गर्नेहरुको संख्या बढ्दै गएको छ । गत बर्षहरुको तुलनामा यस वर्ष धेरै निवेदन आएका छन्’, उनले भने ।

उनले यस वर्ष उपयुक्त प्रविधि विकासका २६ लाख बजेट भएको बताए । ‘अहिले यहाँ २६ लाख बजेट छ, ६५ वटा निवेदन दर्ता भएका छन्, आवश्यकता हेरेर प्रविधि उपलब्ध गराउछौँ’, उनले भने । निवेदन दिने समय सोमबार सकिएकोे बताउँदै उनले छनोट समितिको बैठक बसेर तत्काल उद्यमी छनोट गर्ने बताए ।

गरिबीको रेखामुनी रहेका र व्यवसाय सञ्चालन गर्दै आएका तर उपयुक्त प्रविधिको अभावमा उद्योग नै बन्द हुने अवस्थामा रहेका उद्यमीहरुका लागी यस्तो व्यवस्था गरिएको उनले बताए । ‘हामी फिल्डमा गएर अनुगमण तथा निरिक्षण गर्छौँ, वास्तबमा प्रविधि आवश्यक होकी होईन भनेर निर्क्यौल गर्छौँ, सोही अनुसार उद्यमी छनोट गर्छौँ’, उनले भने ।

उनले छनोटमा परेका उद्यमीहरुलाई ८० प्रतिशत छुटमा उपयुक्त प्रविधि उपलब्ध गराउने बताए । लघु, घरेलु तथा साना उद्योगहरुको स्तर बृद्धि गर्नको लागी उपयुक्त प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित