शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

महसुल नबुझाउने ग्राहकको लाइन काटियो

दैनिक नेपाल २०७४ फागुन २९ गते १९:१२


लहान, २९ फागुन । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महसुल नबुझाउने २५५ जना सेवाग्राहीको विद्युत लाइन काटेको छ ।

बक्यौता विद्युत महसुल नबुझाउने ग्राहकको विद्युत लाइन काट्ने अभियानअन्तर्गत रु ५० हजारभन्दा बढी बक्यौता बाँकी रहेका ग्राहकको विद्युत लाइन काटेको हो ।

विद्युतको बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत लाइन काट्न थालेको केन्द्र प्रमुख विष्णुदेवप्रसाद यादवले बताए । -रासस

प्रतिक्रिया
सम्बन्धित