शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

आइरनभित्र सुन हालेर अवैध ओसारपसार गर्ने गिरोह प्रहरीको फन्दामा

दैनिक नेपाल २०७४ फागुन २९ गते १९:०३

काठमाडौँ, २९ फागुन । कपाल सिधा पार्न प्रयोग गरिने आईरन (Hair Electric Iron)मा सुन हालेर अवैध रुपमा ओसारपसार गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध सुन ओसारपसारको विशेष सूचनाका आधारमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) महाराजगन्जबाट खटिएको प्रहरीले सो गिरोहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बाग्लुङ अमरमूमि गाविस वडा नम्बर ६ घर भई हाल काठमाडौँ भिम्सेनगोला बस्ने ३३ वर्षीय शशीकला भण्डारी गुरूङ, काठमाडौँ जडिबुटी वडा नम्बर ३२ बस्ने ४३ वर्षीय सरोज केसी, झापा दमक वडा नम्बर ०९ बस्ने ३८ वर्षीय होम बहादुर बुढाथोकी, काभ्रे सखुपाटी चौर गाविस वडा नम्बर ७ घर भई हाल कोटेश्वर वडा नम्बर ३२ बस्ने बर्ष ३५ का जीवन शाक्य, भक्तपुर ठिमी नगरपालिका वडा नम्बर ११ घर भई हाल कामपा वडा नम्बर ३२ कोटेश्वर बस्ने बर्ष ३५ का बिजु बज्राचार्य र भारत महाराष्ट्र घर भई हाल कामपा ३२ बस्ने बर्ष २० का योगेश मगर रहेको सीआईबीले विज्ञप्तिमा बताएको छ ।

उनीहरुले अबैध तरिकाले आइरनमा लुकाई छिपाई दुबईबाट सुन ल्याएर नेपालका विभिन्न स्थान तथा भारतमा समेत लगी बिक्रि वितरण गर्ने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सोमबार ७ः३० बजे फ्लाई दुबाई एयरलाइन्सबाट आएका होम बहादुर बुढाथोकीले आइरनमा लुकाई छिपाई ल्याईएको सुन सरोज केसीले चलाएको बा १६ च ३५१० नम्बर कारमा राखी लैजादै गरेको अवस्थामा कामपा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको अगाडिबाट उनीहरु पक्रा परेका हुन् ।

शशीकला भण्डारी गुरूङको श्रीमानले दुवईबाट आइरनमा सुन भरी लुकाई छिपाई नेपालमा पठाउने काम निरन्तर गर्दै आएको र यसरी पठाईएका सुनहरु शशीकला भण्डारी गुरूङ र सरोज केसीले काठमाडौँ कोटेश्वरस्थित बज्राचार्य गहना प्रालि र शाक्य अर्नामेन्ट समेतमा बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले सो पसलहरुमा खानतलासी गर्दा विभिन्न गरगहना तथा गालिएको सुन बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित