शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित

दैनिक नेपाल २०७४ फागुन २९ गते १७:३५

काठमाडौँ, २९ फागुन । नेपालको राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् ।

मंगलबारको निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गर्दै प्रतिष्पर्धी कुमारीलक्ष्मी राईलाई पराजित गरेकी हुन् । उनी दुई तिहाईभन्दा ठूलो मतभारका साथ विजयी भएकी छिन् । राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरिन् । ८ सय ८० मत मध्ये ८ सय ६२ मत खसेको थियो । मतदानमा १८ जना मतदानता अनुपस्थित थिए । मतदान मंगलबार बिहान १० बजेदेखि ३ बजेसम्म चलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित