शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

उद्योगी-व्यापारीले नै गरे भैरहवा बजार बन्द

नरेश के.सी./दैनिक नेपाल २०७४ फागुन २९ गते १६:४६


-नरेश के.सी./दैनिक नेपाल
भैरहवा, २९ फागुन । बन्दको विरोध गर्ने उद्योगी व्यापारीले नै मंगलबार भैरहवा बजार बन्द गराउदैं हिडेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा मंगलबार भैरहवा बजार बन्द गरिएको हो ।

संघका नवनिर्वाचित कार्यसमिती सदस्य हरिश सेठिया (पिन्टु) लाई गएराति गोली प्रहारको प्रयास गरिएको विरोधमा संघमा आवद्ध पदाधिकारी तथा सदस्यहरुले मंगलबार भैरहवा बजारमा व्यवसायीको शान्तिसुरक्षाको माग गर्दै बजार बन्द गरेका हुन् । संघको आह्वानलाई उद्योगी व्यवसायीले साथ दिदैं दिनभर भैरहवा बजार बन्द गराएका हुन् ।

व्यवसायी सेठीयामाथी गोली प्रहार भएको घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पक्रेर कारबाही गर्दै व्यवसायिक सुरक्षाको प्रत्याभूत गराउन माग गदै उद्योग वाणिज्य संघकै आयोजनामा बजार बन्द गर्न बाध्य भएको संघका महासचिव नेत्रप्रसाद आचार्यले जानकारी दिए । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश अग्रवाल, संघका पूर्वअध्यक्षहरु ओमकार गौचन, विष्णु शर्मा, रामकुमार शर्मा, नेपाल सुनचादी व्यवसायी महासंघका उपाध्यक्ष प्रेमकुमार सेन्चुरी लगायतको टोलीले भैरहवा जस्तो क्षेत्रमा बारम्बार व्यवसायीमाथी सुरक्षाको खतरा बढ्नु नकारात्मक भएको भन्दैं प्रशासनको ध्यानकर्षण समेत गराएका थिए ।

यसैबीच जिल्ला प्रहरी कार्यलय रुपन्देहीले व्यवसायी सेठीयामाथी गोली प्रहार गर्ने व्यक्तिलाइ पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । प्रहरीका अनुसार भारतीय नागरिकले सेठीयामाथी चलाएको प्रारम्भीक अनुसन्धानमा देखिएको छ । भारतको मोनजोत ग्राम पन्चायत, नौतनवा निवासी ४६ वर्षिय रामजान मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले मुसलमानबाट घरेलु कटुवा पिस्तोल १ थान, फायर भएको खोका १ थान , गोली १ थान , सामसुग मोबाइल एकथान समेत बरामद गरेको छ ।

गोली प्रहार गरी उनी युपी ५६ ई ४१४९ नम्बरको डिस्कभर मोटरसाईकलबाट भाग्दै गर्दा सिनपा ३ खजहना चिल्डेन पार्कमा स्थानियको सहयोगमा प्रहरीले पक्राउ गरेको थियो । उनी भारत तर्फ भाग्दैं गरेका थिए । उनको पछाडी बसेका अर्का व्यक्ति भने भागेका छन् । उनको खोजतलासी भईरहेको प्रहरीले जनाएकोछ ।

बैंकरोड भैरहवामा करणी इन्टरप्राइजेज सन्चालक समेत रहेका ३८ वर्षिय सेठीया मुलतः मोबाइल व्यवसायी हुन् । उनी २ दिन अगाडी सम्पन्न सिद्धार्थ उद्योग वाणिज्य संघको निर्वाचनमा सबैभन्दा बढी मत लिएर निर्वाचित कार्यसमति सदस्य समेत हुन् । आफ्नो पसल बन्द गरेर सेवापथको बाटो हुदैं निवास तर्फ जादैं गर्दा आफु माथी गोली प्रहार भएको सेठीयाले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित