बिहीबार, ७ असार २०७५
DainikNepal.com
बिहीबार, ७ असार २०७५

चट्याङ लागेर सिन्धुपाल्चोकमा आमाछोरीको मृत्यु

दैनिक नेपाल २०७४ फागुन २९ गते १६:२२

चौतारा, २९ फागुन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ स्थित घुङ्गा भन्ने स्थानमा चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ ।

छब्बिस वर्षीया तोकमाई तामाङ र उनकी एक महिने छोरीको घरमै बसेको अवस्थामा सोमबार बेलुका पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकामबाट उक्त स्थान करिब ४० किलोमिटरको दूरीमा रहेको र चट्याङबाट पाँच वटा चौपायासमेत मरेको जनाइएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित