शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

प्रधानन्यायाधीश पराजुलीलाई अर्काे संकट, ८ न्यायाधीशले गरे इजलास बहिस्कार

दैनिक नेपाल २०७४ फागुन २९ गते १४:१२


काठमाडौं, २९ फागुन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली संकटमा परेका छन् । मंगलबार सर्बाेच्चका न्यायाधीशहरु प्रधान्यायाधीश पराजुलीले तोकेको मुद्दा सुनुवाई गर्ने विषयमा विभाजित भएपछि उनी समस्यामा परेका हुन् ।

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसी र कान्तिपुर दैनिकको अवहेलना मुद्दा आफूसहितको बृहत् पूर्ण इजलासमा सुनुवाई थालेपछि न्यायाधीशहरु विभाजित भएका हुन् ।

मंगलबार भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेका न्यायाधीश दिपकराज जोशीसहित ८ न्यायाधीशले प्रधानन्यायाधीश पराजुलीले तोकेको मुद्दा नहेर्न निर्णय गरेका छन् । न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा, अनिलकुमार सिन्हा र विश्वभर श्रेष्ठले इजलास बहिस्कार गरेका छन् ।

सोमबार न्यायाधीश चोलेन्द्र सम्सेर राणाले प्रधानन्यायाधीश पराजुली साउनमै अवकास हुनुपर्नेमा बढी अवधि सर्वोच्चमा बसेको भन्दै सँगै इजलासमा नबस्ने घोषणा गरेका थिए । उनलाई मंगलबार कुनै पनि मुद्दाको पेशी तोकिएको छैन ।

पेशी तोकेका मध्ये न्यायाधीशहरु ओमप्रकाश मिश्र, डम्बरबहादुर शाही , दीपककुमार कार्की र टंकबहादुर मोक्तान, केदारप्रसाद चालिसे, शारदप्रसाद घिमिरे, मिरा खड्का, तेजबहादुर केसी र वमकुमार श्रेष्ठले भने मुद्दाको सुनुवाई थालेका छन् ।

सोमबार बेलुका प्रधानन्यायाधीश पराजुलीले राणा बाहेकका सबै न्यायाधीशसँग राय लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित